प्रहरीले माग्यो जेनजीको प्रदर्शनमा आगजनी र लुटपाटका सबुत

काठमाडाैं | भदौ २७, २०८२

प्रहरीले माग्यो जेनजीको प्रदर्शनमा आगजनी र लुटपाटका सबुत

काठमाडौं:  नेपाल प्रहरीले जेनजी आन्दोलनमा भएको लुटपाटमा संलग्न व्यक्तिहरूको प्रमाण पठाउनका लागि माग  गरेको छ । प्रहरीले लुटपाटमा संलग्नलाई कारबाही गर्नका लागि प्रमाण र सबुत पठाउनका लागि माग गरेको हो । 


प्रहरीले सूचना जारी गरेर काठमाडौँ उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट लगायतका भिडियो तथा विभिन्न सामाजिक सञ्जालहरूमा लिङ्कहरू भए उपलब्ध गराउन अनुरोध गरेको  हो । 


जारी गरिएको सूचनामा भनिएको छ, ‘यही भदौ २३ र २४ गते काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानहरूमा भएको विरोध प्रदर्शन तथा आन्दोलनका क्रममा घटेका विभिन्न अप्रिय घटना आगजनी लुटपाट आम सर्वसाधारण त्रासश्रृङ्खला हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्बिर भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू तपाईँसँग छ भने कृपया हामीलाई [email protected] मा पठाई सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ ।’


प्रहरीले भिडियो तथा लिङ्कहरू पठाउनेलाई गोपनीयताको कायम रहने समेत विश्वास दिलाएको छ।

 

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्